ललितपुरमा संचालन भइरहेको कात्तिक नाच आज समापन हुँदैछ ।

आज बेलुकी ७ बजे मंगलबजारमा वस्त्रहरण नाच देखाएर नाच समापन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । पहिले पहिले त्रयोदशीका दिन नरसिहं अवतार देखाइएर समापन गरिने नाच यसपाली पूर्णिमासम्म लम्बिएको हो । गत वर्ष १० दिन देखाएको नाच यसपाली दुई दिन थप गरेर १२ दिन संचालन भएको हो ।

नेपालको इतिहासमा सबैभन्दा लामो समयदेखि निरन्तर रुपमा संचालन भएको नाच नेपाल सम्वत ७६१ मा राजा सिद्धिनरसिंह मल्लले शुरु गरेका हुन् ।

Comments

comments