जर्मन च्याम्पियन बार्यन म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराती भएको खेलमा इटालियन क्लब एएस रोमालाई २–० गोल अन्तरले पराजित गरेको हो उता, इंग्लिस च्याम्पियन म्यान्चेस्टर सिटी भने प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको छ । दुई खेल बाँकी रहँदा सिटी समूहको पुछारमा रहेको छ । गएराती भएको खेलमा पनि सिटी सिएसकेए मस्कोसँग पराजित भएको छ ।   यस्तै बार्सिलोनाका लियोनेल मेस्सीले च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता राउल गोन्जालेजको रेकर्ड बराबरी गरेका छन् । गएराती आयाक्सविरुद्धको खेलमा दुई गोल गर्दै मेस्सीले आफ्नो व्यक्तिगत गोल संख्या ७१ पु¥याएका हुन् । जीतसँगै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको छ ।

मेस्सीले रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पनि पछि पारेका छन् । रोनाल्डोको ७० गोल रहेको छ । च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बन्न राउललाई १४२ खेल लागेपनि मेस्सी यो रेकर्ड केवल ९० औं खेलमा बराबरी गरेका हुन् । रोनाल्डोले १०७ खेल खेलेका छन् । यही समूहमा रहेको पेरिस सेन्ट जर्मेन पनि एपोल निकोसियालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

Comments

comments