एजेन्सी । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो ।

खेलको १२ औँ मिनेटमा आउबामेयाङले उत्कृष्ट गोलको मद्दतले एफए कप विजेता आर्सनललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा लिभरपुलका सब्सटिट्युट टाकुमी मिनामिनोले बराबरी गोल फर्काए । वेम्बली स्टेडियममा खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो ।

पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए ।

Please follow and like us:

Comments