युरोपियन च्याम्पियन्स लिगको उपाधि जर्मन च्याम्पियन बायर्न म्युनिखले जितेको छ ।  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै  बायर्न म्युनिखले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

स्टाडियो डा लुज रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा किङ्गस्ले कोमानले निर्णायक गोल गरेका थिए ।

यस अघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २००१३ मा उपाधि जितेको थियो । यसका साथै बायर्नले धेरै पटक यो प्रतियोगिताको उपाधि जित्ने सूचीमा लिभरपुलसँग बराबरी गरेको छ ।

 

 

Please follow and like us:

Comments