संवैधानिक–राजनीतिक संवाद समितिका सभापति डा.बाबुराम भट्टराईले दलहरु विभिन्न चरणका छलफमा केन्द्रित रहेकोले छिटै सहमतिमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालका लागि अमेरिकी राजदूत पीटर डब्लू.बोडेसंग आज बिहान भएको भेटवार्ताका क्रममा यस्तो बताउनु भएको हो । सभापति भट्टराई निवास सानेपामा विहान भएको भेटवार्ताका क्रममा राजदूत बोडेले संविधान निर्माणप्रति चासो व्यक्त गर्नुभएको थियो । जवाफमा सभापति भट्टराईले संविधानको मुख्य विषय राज्यको पुनस्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीजस्ता महत्वपूर्ण विषयमा मुख्य तीन दलबीच सहमति निर्माण गर्न आफू लागि परेको बताउनुभएको थियो ।

Comments