अष्ट्रेलियामा रहेका नेपाली क्रिकेट प्रेमी खेलाडी र दर्शकहरुलाई लक्षित गरी क्रिकेट प्रतियोगिता हुने भएको छ । प्राइड आफ नेपाल कप–२०१४ नाम दिइएको उक्त प्रतियोगिता यही नोभेम्वर ९ मा शुरु भई १४ डिसेम्वर सन् २०१४ मा समापन हुनेछ ।

नारी किङ्स,द हिमालयन क्लब र सगरमाथा क्रिकेट क्लवले संयुक्त रुपमा आयोजन गर्न लागेको प्रतियोगीतामा आयोजक तीन क्लबहरुको साथै ब्रुन्सवीक ब्लुज,इष्टर्न वारियर र नेपालय क्रिकेट क्लबले पनि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगीताको मिडिया सहयोगीका रुपमा हिमानलयन कङ्गारुले पनि रहेको छ ।

प्रतियोगीताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

Comments

comments