” बुवाले सन्तानलाई उपहार दिंदा बुवा र सन्तान दुवै हाँस्छन्, तर सन्तानले बुवालाई उपहार दिंदा बुवा र सन्तान दुवै रुन्छन्। ” यो भनाइ प्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको हो। तपाईंले पनि यो महसुस गर्नुहुन्छ ?

बुवाको मुख हेर्ने दिन नजिकिंदै छ। यो वर्ष बुवाको मुख हेर्ने दिन अगस्ट १९ मा परेको छ। पक्कै पनि बुवा आमा देखि टाढा विदेशमा रहंदा यस्ता विशेष दिनमा मन भावुक हुन्छ, एक्लोपनको महसुस हुन्छ। अर्कोतिर, नेपाली समाजमा सन्तानहरु विदेशीन थालेपछि आमा बुवाहरु घरमा एक्लो जस्तै हुन्छन्। अझ यस्ता दिनहरुमा त आफूले जन्माएर हुर्काएका सन्तानको सम्झनामा परेली भिज्छन्।

बुवाआमा देखि टाढा रहनु पक्कै पनि कसैको चाहना हुँदैन। तर पढाइ, करियर, रोजगारीको बाध्यताले हामीहरु टाढिन बाध्य छौं। त्यसमाथि व्यस्त जीवनशैलीले गर्दा बुवाआमाका गन्थन सुन्ने फुर्सद समेत हुँदैन। कहिले त फोनमा कुरा नगरेको महिनौं पनि पुग्न सक्छ।

जब आमा बुवा जीवित रहनुहुन्छ, हामीलाई उहाँहरुसंग कुरा गरौंला, भेटौंला भन्ने हुन्छ र आफ्नै तालमा व्यस्त हुन्छौं। त्यही तालै तालमा बुवा आमा हाम्रो जिन्दगी देखि , यो संसार देखि टाढा पुग्ने समय आइसकेको हुन्छ, हामीले पत्तो नै पाउँदैनौं।

त्यसैले, फोन मार्फत भएपनि उहाँहरुलाई समय दिऔं। थोरै भएपनि गन्थन सुनौं। विशेष दिनमा उहाँहरुलाई सानो तरिकाले भएपनि विशेष महसुस गराऔं। आमाबुवालाई सन्तानले दिएको सानो महत्व पनि ठूलो लाग्छ।

Cake to Nepal >> fathers-day-menu

Please follow and like us:

Comments