मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया फर्किन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले केही बढी समय पर्खिनुपर्ने भएको छ।  राज्य सरकारले अन्य राज्यमा भन्दा भिक्टोरियामा संक्रमण फैलिएका कारण बोर्डर खोल्न अन्य राज्य भन्दा केही बढी समय लाग्न सक्ने बताएको हो।

 

संक्रमण नियन्त्रणको लागि राज्यले सक्दो प्रयास गरिरहेको बताउंदै  यस्तो अवस्थामा फर्किएकाहरुको व्यवस्थापनको लागि स्रोत जुटाउन गाह्रो पर्ने समेत सरकारले उल्लेख गरेको छ।

 

राज्य सरकारले शिक्षा र अर्थतन्त्र मात्र नभई विदेशी राष्ट्रहरुसंगको सम्बन्धको सवाल समेत रहेको हुँदा बोर्डर जति सक्दो छिटो खुलाउनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको तर हाल राज्य कोरोना संक्रमणको जोखिममा रहेको हुनाले यसलाई मध्येनजर गरेर निर्णय लिनुपर्ने अवस्था रहेको बताएको छ।

Please follow and like us:

Comments