मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा वुलवर्थका थप दुई स्टोरका स्टाफमा कोरोना संक्रमण पुष्टि भएको छ।

वुलवर्थको Mentone स्थित स्टोरका टिम सदस्य र Mill Park स्थित स्टोरका स्टाफमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरु स्टोरमा अन्तिम पटक क्रमश : अगस्ट २ र जुलाई २९ मा उपस्थित थिए।

वुलवर्थले पहिले नै कोरोना संक्रमण फैलिन नदिन सतर्कता अपनाएका कारण ग्राहकमा संक्रमण सर्ने सम्भावना न्युन रहेको बताएको छ। साथै, ती स्टोरहरु बन्द गरेर आवश्यक सरसफाई गरिएको छ।

Please follow and like us:

Comments