एडलेड। साउथ अष्ट्रेलियामा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ।

ती व्यक्ति ३० वर्ष उमेर समूहका रहेको र उनी अगस्ट १ मा भारतबाट चार्टर जहाज मार्फत अष्ट्रेलिया आएको बताइएको छ।

संक्रमित व्यक्ति होटल क्वारेन्टिनमा रहेका कारण उनीबाट संक्रमण नफ़ैलिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

साउथ अष्ट्रेलियामा पछिल्लो एक हप्तामा कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो।

Please follow and like us:

Comments