३० श्राबण,काठमांडौ

अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्यामा तीन साता यताकै न्युन वृद्धि देखिएको त्यहाँका अधिकारीले बताएका छन्।उनीहरूले कोरोना महामारीको दोश्रो चरण नियन्त्रणमा रहेको आशा व्यक्त गरेका छन्।पछिल्लो समय कोरोनाको हटस्पट बनेको भिक्टोरिया राज्यमा दुई सय ७८ दैनिक संक्रमित भेटिएका छन् जबकी एक दिनअगाडि मात्रै चार सय १० नयाँ संक्रमित थपिएका थिए। तीन सातायता दैनिक भेटिएको यो सबैभन्दा कम संख्या हो।

मेलबर्नमा गएको २४ घण्टामा आठ जनाको मृत्यु भएको छ। भिक्टोरियामा बुधबार २१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमित बढेपछि हालै मेलबर्नमा गत साता कफ्र्यु लगाइएको थियो र मानिसको दैनिक गतिविधिलाई नियन्त्रण गरिएको थियो।न्यु साउथ वेल्सले विगत केही सातादेखि दैनिकरूपमा नयाँ संक्रमित भेटिन थालेपछि सर्तकता बढाएको छ।त्यहाँका अधिकारीहरूले मानिसहरूलाई सामाजिक दुरी कायम गर्न भनेका छन्, यदि त्यसो नगरे महामारी नियन्त्रणबाहिर जान सक्ने चेतावनी उनीहरूले दिएका छन्।

अष्ट्रेलियाको अन्य राज्यहरूमा भाइरस प्रभावकारी रुपमा नियन्त्रण भएको बताइएको छ। त्यहाँ महामारी सुरु भएयता २२ हजार मानिस संक्रमित भएका छन् भने तीन सय ५२ को मृत्यु भएको छ।

 

Please follow and like us:

Comments