एजेन्सी। चिनियाँ अधिकारीहरुले ब्राजिलबाट आयातित कुखुराको मासुमा कोरोना भाइरस रहेको पुष्टि भएको बताएका छन्। उनीहरुले दक्षिणी चीनको सहरमा आयातित फ्रोजन चिकेन विङ्ग्स प्याकेजिङ्गमा कोरोना भाइरस पुष्टि भएको बताएका हुन्।

बुधबार आयातित फ्रोजन खानाको स्क्रिनिंग गर्ने क्रममा उक्त चिकेन विङ्ग्सको ब्याचबाट सर्फेस स्याम्पल लिंदा कोरोना भाइरस देखिएको बताइएको छ। तर त्यसको ब्राण्ड भने खुलाइएको छैन।

उक्त चिकेन विङ्ग्ससंगै राखिएका अन्य खानामा भने कोरोना परिक्षण नेगेटिभ आएको देखिएको छ।

स्वास्थ्य अधिकारीहरुले खानाको प्याकेटबाट कोरोना भाइरस संक्रमण सर्ने सम्भावना अत्यन्तै न्युन रहेको बताएका छन्। उनीहरुका अनुसार, कोरोना भाइरस रहेको त्यो प्याकेटमा छोएर तुरुन्तै हात मुखमा, नाकमा , आँखामा लगेमा भने कोरोना भाइरस सर्ने सम्भावना रहन्छ।

Please follow and like us:

Comments