मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया सरकारले कोरोना भाइरस संक्रमण परिक्षणमा दिइने सहयोग ४५० डलर बनाउने निर्णय गरेको छ।

भिक्टोरिया सरकारले कोरोना भाइरस संक्रमणबारे परिक्षणको लागि जाँदा काम छुट्ने अवस्था रहेमा ३ सय डलर सहयोग दिने बताएको थियो । तर कामदार तथा श्रम सम्बन्धि संघसंस्थाहरुसंगको छलफल पछि सरकारले सहयोग रकम बढाएर ४५० डलर बनाउने निर्णय गरेको हो।

यो सहयोग रकमको लागि हालसम्म १७ हजार भन्दा बढीले निवेदन दिएको बताइएको छ।

 

Please follow and like us:

Comments