एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । राति भएको खेलमा ईटालियन क्लब एटलान्टालाई २-१ गाेल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो ।

एटलान्टाका पासालिगले खेलको २६ औं मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए ।

ब्राजिलियन फरवार्ड नेयमारको पासमा मार्किन्होसले बराबरी गोल फर्काए भने इन्जुरी समयमा किलियान एम्बाप्पेले एरिक म्याक्सिम चुपो–मोटिङका लागि विजयी गोलका लागि अवसर सृजना गरे ।

पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।

 

Please follow and like us:

Comments