मेलबर्न। नेपालबाट टाढा अष्ट्रेलियामा रहँदा नेपालमा मनाइने चाडपर्व तथा विशेष दिनमा एक्लो अनुभव हुन्छ भने उता नेपालमा रहने परिवार, साथी तथा नातेदारलाई समेत खल्लोपन महसुस हुन्छ।

नेपाली संस्कृति अनुसार कुशे औंशीमा बुवाको मुख हेर्ने चलन रहिआएको छ। यस वर्ष उक्त दिन भदौ ३ अर्थात अगस्ट १९ मा परेको छ। बुवाको मुख हेर्ने दिनमा नेपालमा रहेको परिवार देखि टाढा अष्ट्रेलियामा रहेका सन्तानहरु भने दुखी हुनु नपर्ने भएको छ। किनकि, Cake to Nepal ले अष्ट्रेलियाबाट नेपालमा रहनुभएका बुवालाई आफ्नो बजेट तथा चाहना अनुसार केक तथा उपहार पठाउन सकिने योजना ल्याएको छ।

Cake to Nepal ले विशेष अवसरमा अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउने सजिलो माध्यमको भूमिका खेलिरहेको छ। केक टु नेपालले नेपालका मूख्य सहरहरुमा होम डेलिभरी सेवा समेत प्रदान गर्दै आएको छ।

बुवाको मुख हेर्ने दिनका लागि अग्रिम बुकिङ्ग खुल्ला गरिरहेको Cake to Nepal मार्फत बुवाको लागि आफ्नो बजेट तथा चाहना अनुरुप केक, मिठाइ, ब्लड प्रेसर नाप्ने मेसिन, काजु बदाम च्यावनप्रास हर्लिक्स लगायत स्वास्थ्यबर्द्धक खानेकुराहरु, घडी, डायरी, बेल्ट, मोबाइल, किताब, टोपी, वालेट लगायत उपहारहरु पठाउन सकिन्छ।

उपहार पठाउन तथा विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् > > https://caketonepal.com/fathers-day-menu/

Please follow and like us:

Comments