एडलेड। अष्ट्रेलियाको एडलेडमा आइतबार नेपाली युवा मृत भेटिएका थिए । बिहिबार देखि हराइरहेका उनको शव भेटिए लगत्तै गरिएको पोस्टमार्टममा मृत्यु शंकास्पद नरहेको प्रहरीले जनाएको छ।

ती नेपाली युवा अमृत घिमिरेको शव नेपाल पठाउनको लागि उनका साथीहरु र एनआरएनए साउथ अष्ट्रेलियाले पहल गरिरहेका छन्। यसको लागि सामाजिक संजालमा आर्थिक सहयोग संकलन अभियान चलाइएको छ।

एनआरएनए साउथ अष्ट्रेलियाले संकलित रकमबाट शव नेपाल पठाउनको लागि १० हजार देखि १५ हजार डलर लाग्न सक्ने र रकम त्यसभन्दा माथि उठेमा उनको परिवारलाई हस्तान्तरण गरिने जनाएको छ।

विस्तृत जानकारी तथा सहयोगको लागि : https://www.facebook.com/donate/3401968056533960/

Please follow and like us:

Comments