वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

द्वापरयुगमा माता देवकी र पिता वसुदेवबाट आठौं सन्तानका रुपमा मथुराको बन्दीगृहमा भगवान कृष्णको जन्म भएको हो । भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरात रोहिणी नक्षत्रमा उहाँको जन्म भएकाले यस दिनलाई कृष्णजन्माष्टमी पर्वको रुपमा मनाउने गरिन्छ । भगवान श्रीकृष्णको जन्म हुँदा बन्दीगृहका पहरेदार मोहित भई कारागार खुलेको हुँदा यस रातलाई मोहरात्रि पनि भन्ने गरिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको  मानिन्छ  ।

Please follow and like us:

Comments