मेलबर्न। अष्ट्रेलियामा ब्रिजिंग भिसा होल्डरको संख्यामा अत्यधिक वृद्धि भएको छ। गत २०१९/२० आर्थिक वर्षको अन्त्यसम्म अर्थात २०२० जुन सम्ममा ब्रिजिंग भिसा होल्डरको संख्या ३ लाख ३३ हजार पुगेको हो।

गत आर्थिक वर्षको पछिल्लो ६ महिना अर्थात् २०१९ डिसेम्बर देखि २०२० जुन सम्ममा मात्र ब्रिजिंग भिसा होल्डरको संख्या १ लाख १७ हजार ३ सय ७५ ले वृद्धि भएको बताइएको छ।

२०१९ डिसेम्बरमा ब्रिजिंग भिसा होल्डरको संख्या २ लाख १६ हजार पुगेको थियो। त्यसपछि २०२० मार्चसम्ममा सो संख्या २ लाख ८१ हजार पुग्यो र जुन अन्तिमसम्म आइपुग्दा ३ लाख ३३ हजारको रेकर्ड राख्यो।

Please follow and like us:

Comments