मेलर्वन । अष्ट्रेलियामा कोरोना भाईरसको कारण एकैदिन १७ जनाको मृत्यु भएको छ । यो सँगै अष्ट्रेलियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या २९५ पुगेको छ । अष्ट्रेलियामा थप ३८६जना कोरोना संक्रमित थपिएको छन् ।

यो सँगै अष्ट्रेलियामा कोरोना सक्रमितको संख्या २१ हजार ८४ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ११ हजार ५६१ रहेको छ । अष्ट्रेलिया सरकारले कोरोना रोकथामका लागि उच्च सर्तकता अपनाउन आग्रह गर्दे आएको छ।

तर,कोरोना संक्रमण भित्रभित्रै फैलिएका कारण थप क्षति हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ । कोरोनाको कार्ण अष्ट्रेलियामा आर्थिक मन्दि देखिएको अर्थशास्त्रीहरुले जनाएका छन् ।

अष्ट्रेलियामा ठुलो संख्यामा नेपालीहरु रहेका छन् । पछिल्लो रिपोर्ट अनुसार अष्ट्रेलियामा नेपालीहरु पनि कोरोना संक्रमित भएको र उनिहरुको उपचार भइरहेको बताईएको छ ।

Please follow and like us:

Comments