साउन २४, नयाँ दिल्ली

भारतीय व्यापारी मुकेश अम्बानी विश्वको चौथो धनी व्यक्ति बनेका छन् ।ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सअनुसार शुक्रवार यूरोपेली लक्जरी कम्पनी लुईं भुँट्टोका मालिक बर्नार्ड आर्नल्टलाई उछिन्दै उनी सो स्थानमा उक्लिएका हुन् ।

बिलेनियर्स इन्डेक्स अनुसार शुक्रवार अम्बानीको नेटवर्थ ३२ करोड ६० लाख डलरले बढी ८० अर्ब ६० करोड डलरमा पुगेको थियो । उक्त दिनको कारोबारमा आर्नल्टको नेटवर्थ भने १ अर्ब २४ करोड डलर घटेर ८० अर्ब २० करोड डलरमा झरेको थियो ।

यस वर्ष अम्बानीको सम्पत्ति २२ अर्ब डलर थपिएको छ । सोही अवधिमा आर्नल्टको नेटवर्थ २५ अर्ब १० करोड डलरको कमी आएको छ । हालैका हप्तामा अम्बानीले अर्बपतिको सूचिमा एलन मस्क, सेर्गे ब्रिन, ल्यारी पेज, वारेन बफेटलगायतलाई उछिनिसकेका छन् ।

अम्बानीले विस्तारै आफ्नो ध्यान ई–कमर्शमा लगाइरहेका छन् । हालैका महीनामा अम्बानीको स्वामित्वमा रहेको व्यापारिक समूह रिलायनस इन्डिष्ट्रिजको डिजिटल व्यवसायमा फेसबुक, सिल्भरलेक, गूगललगायत कम्पनीहरुबाट एक पछि अर्को गर्दै २० अर्ब डलरभन्दा धेरै लगानी भित्रिएपछि रिलायन्सको शेयर मूल्य आकाशिएको छ । एजेन्सी

Please follow and like us:

Comments