संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान निर्माणको कुरामा हतारमा गलत निर्णय गरेर द्वन्द्वको पुनरावृत्ति गर्न नहुने बताउनुभएको छ ।

संवाद समितिको आजको बैठकपछि सभापति भट्टराईले संविधानसभाबाट संविधान बनाउनु नै विगतको द्वन्द्वको व्यवस्थापन गर्नु रहेको भन्दै उहाँले हतारमा गलत निर्णय गरेर फेरि द्वन्द्वको पुनरावृत्ति गर्नुको साटो  केही समय लिएर द्वन्द्वलाई स्थायीरुपले समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सभापति भट्टराईले समितिको बैठकमा छलफल चलिरहेको र छलफल नटुंगिएको बताउनुभयो । क्रममा शीर्ष नेताहरुसँग र संविधानसभाका अध्यक्षसँग पनि परामर्श गरेर यसलाई कसरी टुंग्याउने भन्ने विषयमा निर्णयमा पुग्ने उहाँले बताउनुभयो ।

Comments