लेबनानको राजधानी बेरुतमा शक्तिशाली बिस्फोट हुँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ। बिस्फोटनमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको लेबनानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बिस्फोटबाट घाइतेहरुले स्थानीय अस्पतालहरु भरिएका छन् भने कैयौं भवनहरु क्षतिग्रस्त भएका छन्। भिडियोहरुमा आगोको मुस्लो आकाशमा धेरै माथिसम्म गएको देखिएको थियो। बिस्फोट २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो।

अधिकारीका अनुसार भारी बिस्फोटक पदार्थ भण्डार गरिएको एक गोदाममा बिस्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले ट्वीट गर्दै  २ हजार ७ सय ५० टन बिस्फोटक नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्विकार्य भएको बताएका छन् । बिस्फोट कसरी भयो यसको अनुसन्धान जारी छ ।

राष्ट्रपति इयोनले तीन दिनका लागि शोक घोषणा गरेका छन् । उनले आकश्मिक कोषका लागि ६६ मिलियन अमेरिकी डलर प्रदान गर्ने पनि बताएका छन् ।

 

Please follow and like us:

Comments