मेलबर्न , २१ साउन

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवतीलाई आफ्नै श्रीमानले अत्याचार गरेको भेटिएको छ । सिड्नीको बरवुडमा बस्दै आएकी २६ वर्षीय युवतीमाथी उनकै श्रीमानले विगत १ वर्षदेखि अत्याचार गर्दै आएको युवतीकी दाईले बताएका छन् ।

युवतीलाई पीडक युवकले दिनहु कुटपिट गर्ने, इच्छा विपरित जवरजस्ती यौन सम्बन्ध राख्ने, धारिलो हतियार देखाएर तर्साउने र कमाएको पैसा पनि कब्जा गर्दै आएको युवतीले आफ्नी भाउजुलाई बताएकी छिन् ।

गत अप्रिलमा युवती सिड्नीको क्याम्पसीमा बस्दै आएका आफ्ना दाजु भाउजुकोमा गएर सबै कुरा बताएपछि यो घटना प्रहरीसम्म पुगेको थियो । दाजुभाउजुको सहयोगमा ती युवतीले होमबुस प्रहरीमा आफ्ना श्रीमान विरुद्ध घरेलुहिंसाको उजुरी दिएकी छिन् । त्यहि उजुरीका आधारमा पक्राउ परेका ती युवकलाई प्रहरीले २२ वटा अभियोग समेत लगाएको छ ।

सिड्नीमा पढिरहेको युवक र ती युवतीबिच नेपालमा सन् २०१९ मा मागी बिबहा भएको थियो । नेपालमा फर्मा टेक्निसियन समेत रहेकी युवती बिहे गरेर भिजिटर भिषामा अष्ट्रेलियाका आएकी थिईन ।

सुरुमा केटापक्षले निकै धेरै दाईजो मागेपछि युवतीले बिवाहा गर्न अस्विकार गरेकी थिईन् । तर, पछि दाईजो बिनै विवाह गर्न केटा राजी भएको युवतीका दाईको भनाई छ । सिड्नी आएदेखि नै दाईजो र विभिन्न बाहाना बनाएर युवकले आफ्नी बहिनीमाथी अत्याचार गर्न सुरु गरेको दाईले बताए ।

Please follow and like us:

Comments