काठमाडौं,२१ साउन

कोरोना भाइरसको संक्रमण बढे संगै कुइन्सल्याण्डले आफ्नो सिमानामा झन कडाई गर्न थालेको छ । शनिवार अगष्ट ८ तारिखदेखि कुइन्सल्याण्डले न्यु साउथ वेल्स र राजधानी क्यानवेरासंग सिमा बन्द गर्ने भएको छ ।

कुइन्सल्याण्डकी प्रिमियर एनेस्थेसिया पालासेकका अनुसार अत्यावश्यक र घर फर्किनेबाहेकका अरुले प्रवेश पाउने छैनन् । यी दुइ स्थानबाट आएकाहरुले १४ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । सिमा क्षेत्रका बासिन्दा र ट्रक जस्ता अत्यावश्यक सेवाले मात्र सिमावार आउन पाउनेछन् । सिड्नी र मेलवर्नमा कोराना संक्रमण बढ्न थालेपछि यस अघि नै यी दुइ स्थानबाट कुइन्सल्याण्ड प्रवेशमा रोक लगाईएको छ ।

Please follow and like us:

Comments