मेलबर्न। अष्ट्रेलियामा अनलाइन तीज नृत्य प्रतियोगिता हुनेभएको छ। गुल्मी समाज भिक्टोरीया र नेपअस क्रियुको संयुक्त आयोजना तथा एक्स्पर्ट एजुकेशनको मूख्य प्रायोजनमा अनलाइन तीज नृत्य प्रतियोगिता हुनेभएको हो।

अनलाइन तीज नृत्य प्रतियोगितामा एकल प्रस्तुति मार्फत भाग लिन सकिने आयोजकले बताएका छन्। आयोजकका अनुसार अष्ट्रेलियावासी नेपाली मात्र नभई न्युजिल्याण्डवासी नेपालीले समेत भाग लिन सक्ने यस प्रतियोगितामा बढीमा दुई मिनेटको भिडियो पठाउनु पर्नेछ।

प्रतियोगी पन्ध्र वर्ष माथि उमेरको हुनुपर्ने बताइएको छ। त्यस्तै, भिडियोमा नेपाली परम्परागत पहिरन लगाएर एकल नृत्य प्रस्तुत गरेको हुनुपर्नेछ र भिडियोमा बढीमा बीस देखि तीस सेकेन्डको आफ्नो परिचय समावेश गर्नुपर्नेछ।

१५ अगस्ट, बेलुका ४ बजेबाट सुरु हुने यस प्रतियोगितामा भाग लिनको लागि आफ्नो भिडियो [email protected] मा आफ्नो नाम, ठेगाना, देश र उमेर उल्लेख गरि पठाउनु पर्नेछ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगितालाई क्रमश ७५०, ५०० र २५० डलर पुरस्कार राशीको व्यवस्था रहेको आयोजकले जनाएका छन्।

 

Please follow and like us:

Comments