मुस्लिम धर्मावलम्बीले शनिबार बकर–इद (इदु उल अजहा) मनाउँदै छन् । बकर–इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड मानिन्छ ।

रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिनासमेत जाने गर्छन् । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

 

 

Please follow and like us:

Comments