मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा ८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु विद्यार्थी देखि एनआरएनए पदाधिकारीहरुसम्म रहेको बताइएको छ।

संक्रमित मध्ये ४ जना होटल क्वारेन्टिनमा र ४ जना घरमै आइसोलेसनमा बस्नेछन्। घरमा छुट्टै कोठा र बाथरुम रहेका कारण उनीहरुलाई घरमै आइसोलेसनमा बस्न भनिएको हो।

विद्यार्थीलाई होटल क्वारेन्टिनको लागि एनआरएनए अष्ट्रेलियाले पहल गरेको छ भने संक्रमितहरुका लागि आवश्यक ग्रोसरी लगायत सहयोग गरिरहेको छ।

नेपालीहरु रेष्टुरेन्ट तथा बार, एज्ड केयर, हस्पिटल जस्ता कोरोना संक्रमणको उच्च जोखिम रहेको क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै एनआरएनए अष्ट्रेलियाले थप अन्यको पनि परिक्षण गरिने जनाएको छ।

 

Please follow and like us:

Comments