मेलबर्न। अष्ट्रेलियामा भिक्टोरियाको कोरोना संक्रमण नियन्त्रणमा सघाउन आएकी क्विन्सल्याण्डवासी नर्समा कोरोना संक्रमण भएको पुष्टी भएको छ। संक्रमण नियन्त्रणकै लागि काम गरिरहेको समयमा उनमा कोरोना भाइरस सरेको हो।

भिक्टोरियामा कोरोना भाइरस संक्रमण फ़ैलिएपछि त्यसको नियन्त्रणमा सघाउन क्विन्सल्याण्डबाट स्वास्थ्यकर्मीको टोली आएको थियो। आफ्नो ज्यानको प्रवाह नगरी क्विन्सल्याण्डबाट भिक्टोरिया आएर खटिएका २८ नर्स मध्ये एकमा कोरोना भाइरस सरेको हो ।

सेभेन न्युजका अनुसार, क्विन्सल्याण्डका स्वास्थ्य अधिकारीहरुले उनलाई घर फर्काउन तयारी गरिरहेको बताइएको छ।

 

Please follow and like us:

Comments