बाल अधिकारको क्षेत्रमा कार्यमा सक्रिय रहेकी शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले सी टेन अवार्ड पाएकी छन् ।

दनुवारले अघिल्लो बर्षको म्यागसेसे पुरस्कारसमेत पाएकी दनुवारलाई हिजो राति स्वीडेनमा आयोजित कार्यक्रममा अवार्ड दिइएको हो । मानव बेचबिखन र बालबालिकाको क्षेत्रमा कार्यरत विश्वका १० व्यक्तिमध्येबाट छानेर दनुवारलाई अवार्ड दिइएको हो । दनुवारले नेतृत्व गर्ने शक्ति समूहले चेलिबेटीबेचबिखन तथा बालअधिकारको क्षेत्रमा काम गर्छ । अवार्ड समारोहमा स्वीडेनकी रानि सिल्भिया उपस्थित थिइन् ।

सोफियो स्टेन्वेक फेमिली फाउण्डेशन, वल्र्ड चाइल्डउड फाउण्डेशन र रिच फर चेन्जले बालअधिकारको क्षेत्रमा कार्यरत व्यक्तिलाई बर्षेनी यो अवार्ड प्रदान गर्दै आएको छ ।

Comments

comments