रेखा थापा,जुन नाम बच्चा,तन्देरी,वृद्ध सबैलाई थाहा छ ।

करिब १ दशक देखी नेपाली रजतपटमा एकछत्र राज गर्दै आएकी नायिका रेखा थापा नेपाली चलचित्रनगरिकै एक सफल नायिकाको रुपमा चिनिन्छिन् । करिब २०० भन्दा बढि नेपाली चलचित्रमा अभिनय गरिसकेकी नायिका रेखा थापा लाखौं दर्शकको ढुकढुकी बनेसकेकी छिन् । चलचित्रक्षेत्रमा उनी सगैं वा उनी भन्दा अगाडी धेरै नायिका भित्रिए,धेरै नायिका यसक्षेत्रबाट पलायन भए,कति यसक्षेत्रमा अझै छन् तर रेखा जस्तो सफल नायिका बन्न भने अहिले सम्म कसैको हिम्मत जुटेको छैन् ।

उनी नायिका,निर्देशक निमात्री र लेखक पनि हुन् । उनले यतिका नाम त्यसै कमाएको भन्ने होइन,उनको कामले यि सबै चिजलाई पृष्टि गरिसकेको छ । नायिकाको रुपमा चिनिदाँ चिनिदैं उनले चलचित्र निर्माण गर्न थालिन्, त्यसपछि भने उनले पहिलो पटक चलचित्र निर्माण निर्देशक,लेखक र नायिकाको रुपमा देखिएकी छिन् । उनले पहिलो पटक निर्देशक,र्निमात्री,लेखक र नायिकाको रुपमा चलचित्र हिम्मतवालीमा उनले देखाएको हिम्मतले साच्चै रेखा एक हिम्मतवाली महिला रहेछिन् भन्ने पृष्टि गरेको छ ।

चलचित्रमा आफैंले निर्देशन गर्नु,आफैं अभिनय गर्नु,अरु कलाकारलाई अभिनय सिकाउनु देखी सबै कुरा छायांकन स्थलमा गर्नु कम गाह्रो काम होइन तर ति सबै कुरालाई चिर्न रेखा सफल भईन । अब उनी एक सफल निर्देशक समेत बनिसकेकी छिन् । पहिलो पटक निर्देशक बनेकी रेखाले पहिलो चलचित्र हिम्मतवालीले आक्रमक व्यापार गरेपछि अब उनले अर्को चलचित्र रामप्यारी निर्माण गर्दैछिन् ।

चलचित्र रामप्यारीलाई पनि रेखा आफैं निर्देशन गर्ने बताइएको छ । चलचित्र रामप्यारीको छायांकन फागुनबाट सुरु हुनेछ ।

Comments

comments