सिड्नी। अष्ट्रेलियाको एक मासु पसलका कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ। कामदारमा संक्रमण देखिएपछि मासु पसल बन्द गरिएको त्यसका संचालकले बताएका छन्।

ती २२ वर्षीय कामदारले शनिबार सम्म त्यहाँ काम गरेका थिए। आइतबार दिउँसो परिक्षण गर्दा उनमा संक्रमण देखिएको हो।

मिट पर्फेक्सन मासु पसलका संचालकले कामदारमा कोरोना पोजेटिभ देखिनासाथ पसल बन्द गरिएको बताएका छन्।

Source : 7 News

Please follow and like us:

Comments