एडलेड। साउथ अष्ट्रेलियाले न्यु साउथ वेल्स र अष्ट्रेलियन क्यापिटल टेरिटोरीका लागि बोर्डर खुल्ला गर्ने योजना हालका लागि स्थगित गरेको छ।

न्यु साउथ वेल्सले जुलाई २० देखि न्यु साउथ वेल्ससंगको बोर्डर खुल्ला गर्ने घोषणा गरेको थियो। तर राज्य सरकारले हालका लागि सो योजना स्थगित भएको जनाएको हो।

न्यु साउथ वेल्समा कोरोना भाइरस संक्रमण बढिरहेका कारण अहिले बोर्डर नखोल्ने राज्य सरकारले जनाएको छ।

साउथ अष्ट्रेलियामा कोरोना संक्रमितको संख्यामा कमी आएको छ। यस राज्यमा पछिल्लो संक्रमित जुन २९ मा फेला परेका थिए।

Source : 9 News 

Please follow and like us:

Comments