सर्लाहीबाट चितवन आउँदै गरेको ना ४ ख १२५२ नम्बरको ट्रक मकवानपुरको चुरियामाईको उकालो दुर्घटना हुँदा  सात जनाको मृत्यु भएको छ | दुर्घटनामा अन्य नौं जना घाइते भएका छन् ।
दुर्घटनामा परी औरही ८ सर्लाहीका २५ वर्षका सियाराम महतो, २६ वर्षका झगरु महतो, २२ वर्षका जीत पासवान, ४५ वर्षका रामवली माझी, ३० वर्षका विशेष यादव र ३२ वर्षका जगिलाल महतोको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने मध्ये एकको सनाखत हुन सकेको छैन | घाइतेहरुलाई  उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । घाइते मध्ये ३ को अवस्था गम्भीर रहेको बताइएको छ |

प्रहरीका अनुसार दुर्घटनाका समयमा ट्रक सहचालकले चलाएका थिए | इँटा बोकेर आउंदै गरेको उक्त  ट्रक नियन्त्रणमा लिन नसक्दा  सडकको बायाँ पट्टी पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रकका चालक र सहचालक दुवै भागेका छन् | दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरु धान काट्न जाँदै गरेका मजदुरहरु रहेको बताइएको छ |  ( तस्विर: अनलाइन खबर)

Comments

comments