मेलबर्न। शिक्षित मानिसहरु बढ्दै गएतापनि मानवता भने समाजमा घट्दै गएको देखिन्छ। त्यस्तै, मन्दिरमा भगवान पुज्छन् , चारधाम धाउँछन् तर हिंसा र ठगीमा फेरी किन मानिसहरु अगाडी बढ्छन् ?

पुण्य कमाउने, धर्मको रक्षा गर्ने नाममा मानिसहरु काटमारमा उत्रिरहेका छन्। बेला बेलामा भगवानको नाम लिएपछि सबै किसिमका हिंसाको लागि छुट हुन्छ ?

यस्तै आशयका प्रश्नहरु सहित अष्ट्रेलियावासी नेपाली विद्यार्थीहरु कपिल सापकोटा र कपिल योगीको नयाँ म्युजिक भिडियो ‘भगवान कहाँ छौ ? ” सार्वजनिक भएको छ। उक्य म्युजिक भिडियोलाई मेक मनि रेकर्ड्सले युट्युब मार्फत सार्वजनिक गरेको हो।

Please follow and like us:

Comments