एजेन्सी। अमेरिकामा अध्ययनरत अधिकतम अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भिसा रद्द हुने सम्भावना रहेको छ।

युनिभर्सिटीले अब अनलाइन कोर्स मात्र संचालन गर्ने भएमा विद्यार्थीको भिसा रद्द हुने सम्भावना रहेको भनि इमिग्रेसन विभागले सोमबार घोषणा गरेपछि अधिकतम विद्यार्थीमा अन्योलता छाएको बताइएको छ।

कोरोना भाइरस महामारीको प्रभावका कारण धेरै युनिभर्सिटीले अनलाइन कोर्स मात्र संचालन गर्ने योजना ल्याएका छन्।

युनिभर्सिटीहरुको योजना र सरकारको यस घोषणाले गर्दा विशेषगरी युनिभर्सिटी प्रोग्राम तथा ट्रेनिंग , भोकेसनल स्टडी गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु मारमा पर्नेछन्।

विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् > > cnn.com/2020/07/06/politics/international-college-students

Please follow and like us:

Comments