मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा फेरी लकडाउन हुनेभएको छ।

भिक्टोरियामा कोरोना भाइरस संक्रमितको संख्यामा पुन: वृद्धि हुन थालेपछि मेलबर्नमा ६ हप्ताको लागि लकडाउन हुनेभएको हो। मंगलबार मात्र भिक्टोरियामा १ सय ९१ संक्रमित फेला परेका छन्।

बुधबार देखी लागु हुने लकडाउनमा मेलबर्नवासी खाना तथा अत्यावश्यक सामग्री किनमेल र काम तथा पढाइको लागि मात्र घर बाहिर निस्कन पाउनेछन्।

लकडाउन अवधिभर सलुन, ब्युटी पार्लर, जिम लगायत व्यवसायहरु बन्द रहने तथा क्याफे, रेष्टुरेन्टमा टेक अवे मात्र खुल्ला रहने बताइएको छ।

Please follow and like us:

Comments