मेलबर्न। अष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थीको शव नेपाल पठाउनको लागि अपिल गरिएको छ।

केही दिन अगाडी निधन भएका विद्यार्थी रविन्द्र गिरिको शव नेपाल पठाउनको लागि उनका साथीहरुले पहल थालेका छन्। यसको लागि सबैको साथको आवश्यकता रहेको भन्दै गो फन्ड मी मार्फत आर्थिक सहयोग गरिदिन उनीहरुले सबैलाई आग्रह गरेका छन्।

मृतक विद्यार्थीको मृत्युको कारण खुलाउन आफूहरुले नचाहेको बताउंदै विद्यार्थीहरुले सहयोगको लागि एनआरएनए अष्ट्रेलियासंग पनि सम्पर्क गरेको जनाएका छन्।

सहयोगको लागि : www.gofundme.com/f/fundraise-for-our-friend-to-send-his-body-back

Please follow and like us:

Comments