मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन दलले आफूअनुकुलको संविधान जारी गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।

पर्साको वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै यादवले पहिलो संविधानसभाको राज्य पुनरसंरचना आयोगले तयार पारेको खाका विपरित तीन दलले आफूअनुकुलको संविधान जारी गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको हो । कांग्रेस–एमालेले ल्याएको ७ प्रदेशको खाका मधेसको हितमा नहुने भएकोले त्यसलाई सच्याउनुपर्नेमा उहाँको जोड छ । कांग्रेस, एमाले र राजावादीहरुले मधेस–पहाडलाई जबरजस्ती मिलाएर संघीयतामा जान खोजेको भन्दै अध्यक्ष यादवले यो आफुहरुलाई  मान्य नभएको र जबरजस्ती गरे आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो ।

Please follow and like us:

Comments