मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा फेरी लकडाउन सुरु भएको छ। कोरोना भाइरस संक्रमणका नयाँ केसमा वृद्धि भएपछि सरकारले कडाइका साथ लकडाउन लागु गरेको हो।

भिक्टोरियाका सबअर्बमा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। अत्यावश्यक सामान किनमेल गर्न, काम तथा पढाइमा जान, केयर गिभिंगको लागि र शारीरिक अभ्यासको लागि भने घरबाट निस्कन पाइने बताइएको छ। यी अवस्थाको बाहनामा लामो समय बाहिर निस्कनेहरुलाई कारबाही गरिने समेत जानकारी दिइएको छ।

त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि लकडाउन खुकुलो गरिरहेका अन्य राज्यले भिक्टोरियावासीलाई तत्कालको लागि प्रवेशमा निषेध गर्ने या त्यहाँबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने बताएका छन्।

कडाइका साथ लकडाउन लागु हुने सबअर्बहरु :

  • 3012 (Brooklyn, Kingville, Maidstone, Tottenham, West Footscray)
  • 3021 (Alban Vale, Kealba, Kings Park, St Albans)
  • 3032 (Ascot Vale, High Point City, Maribyrnong, Travancore)
  • 3038 (Keilor Downs, Keilor Lodge, Taylors Lakes, Watergardens)
  • 3042 (Airport West, Keilor Park, Niddrie)
  • 3046 (Glenroy, Hadfield, Oak Park)
  • 3047 (Broadmeadows, Dallas, Jacana)
  • 3055 (Brunswick South, Brunswick West, Moonee Vale, Moreland West)
  • 3060 (Fawkner)
  • 3064 (Craigieburn, Donnybrook, Mickleham, Roxburgh Park and Kalkallo)

Comments