नेपाल वायुसेवा निगमको दोस्रो चिनियाँ जहाज अजा नेपाल आइपुगेको छ ।

आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ चिनियाँ जहाज वाई –१२ अवतरण गरेको हो । १८ सीट क्षमताको यो जहाज असार १६ गते नेपाल भित्रिने कार्यतालिका भएपनि विभिन्न कारणवस समयमा आउन सकेको थिएन । जहाज निर्माता चिनियाँ कम्पनी एभिक इन्टरनेशनले दोभासे इन्स्ट्रक्चर पाइलटको अभाव देखाउँदै निगमलाई तोकिएको समयमा जहाज उपलब्ध नगराएको हो । आज अवतरण गरेको वाई १२ चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएको जहाज हो । चीनले अनुदानमा उपलब्ध गराएका दुईवटा जहाजमध्ये एमए–६० वैशाख १४ गते त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

चीन सरकारको सहुलियत ऋणमा खरिद गरेका ४ वटा जहाज भने अझै आउन बाँकी छन् ।

Comments