मेलबर्न। अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको भावना समेटिएको म्युजिक भिडियो ‘दु:ख’ सार्वजनिक भएको छ। अष्ट्रेलियाबाट नेपाली कला, संगीतको क्षेत्रमा काम गरिरहेको बाबा फिल्म्स प्रोडक्सनले उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो।

म्युजिक भिडियोमा नेपाली विद्यार्थीहरुले नेपाल छोड्ने समयको भावना र आशा देखि लिएर अष्ट्रेलियाको संघर्ष, विद्यार्थीको मोदशा लगायत पक्षहरुलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

अंकित जंग क्षेत्रीको शब्द तथा स्वर रहेको गीतको म्युजिक भिडियोमा विदुर त्रिपाठीले अभिनय गरेका छन्।

दु:ख म्युजिक भिडियोमा संजय सेन्चुरीको निर्देशन, छायांकन तथा सम्पादन रहेको छ।

Comments