काठमाडौं, ६ असार ।

अस्ट्रेलियालाई नेपालले कोरोना संक्रमितको संख्यामा उछिनेको छ। कोरोना संक्रमितको संख्याका आधारमा संसारका खराब मुलुकहरुको सूचीमा ७० औं स्थानमा रहेको नेपालले अस्ट्रेलियालाई पछि पार्दै ६९ औं स्थानमा पुगेको छ।

नेपालमा संक्रमित संख्या बढेसँगै खराब मुलुकको सूचीमा अस्ट्रेलिया नेपालभन्दा पछि परेको हो।नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ८६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १७६ रहेको छ ।

 

 

Comments