सरकारले शुभश्री यातयात र मेट्रो डिलक्स यातायातका बस सञ्चालनमा रोक लगाएको छ ।

शनिबार हेटौँडामा दश यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा लापरबाही भएको ठहर गर्दै यातायात व्यवस्था विभागले १५ दिनका लागि रोक लगाएको हो ।
विभागले दुर्घटनामा दुवै गाडीको लापरबाही देखिएकाले सञ्चालनमा रोक लगाइएको जनाएको छ । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बस इलामबाट काठमाडौंतर्फ आइरहेको ना ५ ख ४८४१ नम्बरको मेट्रो डिलक्ससँग ठोक्किएर शनिबार दुर्घटना भएको थियो । घटनामा दशजनाले ज्यान गुमाएका थिए भने ३० जना घाइते भएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान र बाँचेका यात्रुको बयानका आधारमा चालकको चरम लापरबाही देखिएकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालकविरुद्ध सवारी ज्यानअन्तर्गत मुद्दा दर्ता गर्न लागेको हो ।

Comments