बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्।

मुम्बईको  बान्द्रास्थित  आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

३४ वर्षीय राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्ने गर्थे। उनले किन आत्महत्या गरे भन्ने बारे जानकारी प्राप्त छैन ।

सुशान्तकी पूर्व म्यानेजरको पनि केहि दिनअघि एउटा भवनको १४ औं तल्लाबाट खसेर मृत्यु भएको थियो ।

टिभीमा उनको पहिलो सिरियल बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ थियो । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलमार्फत् उनले चर्चा पाए । उनी डान्स रियालिटी शो जरा नच के दिखा र झलक दिखलाजामा पनि देखिए । उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ फिल्ममा काम गरेका छन् ।

Comments