अजिन्क्या राहने र शिखर धवनले पहिलो विकेटमा २ सय ३१ रन जोडेपछि भारतले पहिलो वन डे क्रिकेटमा श्रीलंकालाई १ सय ६९ रनले पराजित गरेको छ ।

राहन र धवन दुवैले शतकीय पारी खेलेका छन् ।  राहने १ सय ११ र धवन १ सय १३ रनमा आउट भए । अशान प्रियन्जले धवनलाई बोल्ड गरेपछि ३५ औं ओभरमा सो साझेदारी टुटेको थियो । टस हारेको भारतले ५० ओभरमा ५ विकेट गुमाई २ सय ६३ रन बनाएको थियो ।  राहनेले १ सय ८ बल खेली १३ चौका र २ छक्का प्रहार गरे । धवनले १ सय ७ बलको इन्निङ्गसमा १४ चौका र ३ छक्का प्रहार गरे । तेश्रो नम्वरमा आएका सुरेश रैनाले ३४ बलमै चार चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाई भारतको रनरेटलाई बढाए ।

त्यस्तै विराट कोहली २२, अम्वती रायडु २७ रनमा आउट भए । श्रीलंकाका सुरज रणदीपले ३ विकेट लिएका थिए । जवाफमा श्रीलङ्का ३९ दशमलब २ ओभरमा १ सय १४ रनमै समेटीएपछि भारतको जीत सुनिश्चित बनेको हो ।

Comments