अस्ट्रेलिया । जनजीवनलाई सामान्य बनाउँदै आएको अस्ट्रेलियाले जुलाईदेखि न्युजिल्याण्डको भ्रमण खुला गर्ने निर्णय गरेको छ। जसले गर्दा न्युजिल्याण्डवासी पनि अस्ट्रेलिया आउन पाउने भएका छन्।

दुवै देश कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न सफल भएका छन् र दुई देशबीच यात्राको बाटो खुल्नाले आर्थिक गतिविधि बढ्ने आशा गरिएको छ। यस निर्णयले दुई महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रमा केही टेवा पुग्ने विश्वास लिइएको छ।

जुलाई १ देखि अस्ट्रेलियाको राजधानी क्यानबेराबाट न्युजिल्याण्डको राजधानी वेलिङ्गटनबीच हवाई सेवा प्रारम्भ हुनेछ।

Comments