एडलेड। साउथ अष्ट्रेलियामा कार्यरत नर्सहरुले आफूहरुको जागिर जोखिममा रहेको बताएका छन्।

साउथ अष्ट्रेलिया राज्य सरकारले गत वर्षदेखि लागु गरेको अतिरिक्त खर्च कटौती योजना अन्तर्गतको कार्यक्रम अगाडी बढाएपछि नर्सहरुको जागिर पनि जोखिममा परेको हो।

सो कार्यक्रम कोरोना भाइरस कहरका कारण केही समय रोकिएको थियो। तर राज्यमा कोरोना संक्रमण न्युन हुँदै गएको देखिएपछि सरकारले उक्त कार्यक्रम फेरी सुचारु गरेको हो।

कोरोना भाइरसका कारण निम्तिएको यस कठीन समयमा नर्स जस्तो स्वास्थ्य सम्बन्धि संवेदनशील जागिर कटौती गर्नु भनेको राज्य सरकारको गैरजिम्मेवारीपन भएको भन्दै धेरैले आलोचना गरेका छन्।

स्वास्थ्यमन्त्री स्टेफेनले भने यो कार्यक्रमले कोरोना भाइरस संक्रमणको समयमा फ्रन्टलाइनमा रहेर काम गरेका नर्सहरुलाई असर नपर्ने बताएका छन्।

विस्तृत समाचारको लागि क्लिक गर्नुहोस्  : 7 News

Comments