काठमाडौं । पाँच महिनादेखि जारी कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा थप ६३० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार १८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १४५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै  संक्रमितको संख्या १८ लाख ३६ हजार ९६५ पुगेको छ ।कुल संक्रमितमध्ये ५ लाख ४१ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ८९ हजार ४०९ जनामध्ये १७ हजार १०१ जनाको अवस्था गम्भीर रहेको छ ।(एजेन्सी)

Comments