नेपालमा पछिल्लो समय छिमेकी राष्ट्रहरुबाट भएका कार्यहरु राष्ट्रहित बिपरित हुदै आएका छन् । हालसालै छिमेकी देश भारतले सिमा मिच्नु, नया सडक खोल्नु र नाकामा भएका पिल्लरहरु भत्काउनु र यता चिनले सगरमाथा  चिनमा पर्छ भन्नुले नेपाल माथि छिमकि देशको कुदृष्टी अनुमान गर्न सकिन्छ ।

चर्चा गरौ अब सगरमाथामा पहिलो पाईला आखिर कस्ले राख्यो ?

सगरमाथामा पहिलो पाईला कस्ले राख्यो भनेर प्रश्न राख्ने हो भने सहजै उत्तर आउछ तेन्जिङ नोर्गे शेर्पा ? यस बिषयमा पनि धेरै बिबादहरु आउन थालेका छन् । यस बिषयमा हामिले फ्याक्ट चेक गरेको छौं ।

सन् १९५२ को ग्रीष्म ऋतुमा स्वीस नागरिकहरूलाई सगरमाथा आरोहण गर्ने स्वीकृति दिएपछि सन् १९५३ सम्ममा बेलायती नागरिकहरूलाई सफल आरोहणको लागि अन्तिम मौका दिइएको थियो । सन् १९५४ मा फ्रेन्च नागरिकहरूलाई र सन् १९५५ मा स्वीस नागरिकहरूलाई आरोहण अनुमति दिइएको थियो । बेलायती हिमालयन समितिले उच्च पहाड एवम् हिमाल चढाइमा कीर्तिमान प्राप्त गरेका एक सेना अधिकृत जोहन हन्टलाई समूह नेताको (टिम लिडर) रूपमा नियुक्त गरेको थियो । उनले नेतृत्व गरेको समूहले सन् १९३६ मा सगरमाथाको साहसिक यात्रामा सफलता हासिल गर्न सकेन । हन्टको समूह ठूलो थियो । सिपटनका साथमा सन् १९५२ मा चढेका मानिसहरू पनि त्यहा समावेश भएका थिए । उक्त समूहमा जर्ज व्याण्ड, टम वोर्र्डिन, चार्लस्, अल्फ ग्रेगरी, एडमण्ड हिलारी, जर्ज लोवे, माइकल वार्ड, टिम डाक्टर, मिखाइल वेष्टमाकोट र चार्लस वाइली समावेश भएका थिए । त्यसैबेला जेम्स मोरिसले पत्रिकाको लागि समाचार लेख्ने र टम स्टोवर्टले त्यस कार्यको फोटो खिच्ने कार्य गरेका थिए । तेन्जिङ्लाई शेर्पाहरूको सरदार भै आरोहण समूहमा समावेश हुन निमन्त्रणा गरिएको थियो । त्यस साहसिक यात्राका क्रममा आधार शिविरदेखि ल्होत्सेको मोहडासम्म पंक्तिबद्ध रूपमा शिविर स्थापना गरिएका थिए । उक्त यात्रामा दुई प्रकारका अक्सिजन उपकरणहरू प्रयोगमा ल्याइएका थिए । मे २६ मा विहान ७ बजे वोर्डेलो र इभान्स दुवैजना हन्ट एवम् नामग्याल शेर्पाको साथमा खोंचबाट शिविरतर्फ प्रस्थान गरे । वोर्डेलो र इभान्सले सुरूमा राम्रो प्रगति गरे पनि हिउँ र अक्सिजन सेटको कारणले आरोहणमा ढिलाई भयो । अन्त्यमा उनीहरूको प्रयास सफल भएन र तल झरे । २८ मे को दिन हिलारी र तेन्जिङ् लोवे एवम् आङनिमाको सहयोगमा नवौं शिविरमा पुगे । मे १९ को विहान ६.३० मा हिलारी र तेन्जिङ् माथि चढन सुरू गरे । दक्षिणी चुचुरोमा पुग्नुभन्दा अगाडि हिमपातका कारणले यात्रामा अवरोध आयो । यो अवस्थामा हिलारी त्रसित भए । एकातिर माथिबाट हिउाको पहिरो आइ ज्यान लिने स्थिति थियो, अर्कोतिर सगरमाथा शिखरमा पुग्ने एकमात्र मौका गुमाउन नहुने अवस्था थियो । उनीहरू विहान ९ बजे भिराले चढेर दक्षिणी टाकुरामा पुगिसकेका थिए । अन्तिम पर्वतधार चढन कठिन देखिन्थ्यो तर पनि उनीहरू धैर्यका साथ अगाडि बढे । यो नै अहिलेका प्रसिद्ध हिलारीको जटिल खुडकिलो थियो । अन्ततः तेन्जिङ् र हिलारी सजिलैसाग शिखरमा पुगे ।

 

यस्तो थियो पर्वतारोहणको ऐतिहासिक तालिका

    • सन् १८५२ – भारतीय अनुसन्धान : भारतीय नापी अनुसन्धानबाट सगरमाथालाई विश्वको सर्वोच्च शिखरको रूपमा पहिचान गरी महासर्भेएर सर आन्ड्रयू वाहले पन्ध्रौ चुली नामाकरण गरे ।
    • सन् १९२१ – संयुक्त अधिराज्य : हवार्ड वरी र जि.एल्.मालोरी २२,९०० फिट उचाइको उत्तरी पहाडी खोंचमा आरोहण गरे ।
    • सन् १९२२ – संयुक्त अधिराज्य: पहिलो सगरमाथा आरोहणको जनरल् चार्लसको नेतृत्वमा जि.एल्.मालोरी, ई.एफ्.नर्टन र हवार्ड समरभेल एवम् एकजना शेर्पा अक्सीजन विना २६००० फिटको – ७९३९ मिटर) आरोहण गरे । गर्ज फिन्च र जे.जि.व्रस अक्सीजन लिएर २७,३०० फिट -८३०० मिटरको उचाइमा पुगे ।
    • सन् १९२४ – संयुक्त अधिराज्य दोस्रो साहसिक यात्रामा जनरल चार्लसको नेतृत्वमा जनरल् चार्लस र ई.एफ्.नर्टन २८,१२६ फिट -७,५८० मिटर उचाइमा पुगे । मालोरी र आन्ड्रयू अरभिन २७,६०० फिटको उचाइमा वेपत्ता भए ।
    • सन् १९३३ – हृयू रटल्जको नेतृत्वमा गएको तेस्रो आरोहणमा २८१२६ फिट -७,५८० मिटर उचाई चढने काम भयो ।
    • सन् १९३५ – संयुक्त अधिराज्य: एरिक शिपटनले अनुसन्धान दलको नेतृत्व गरे ।
    • सन् १९३६ – संयुक्त अधिराज्य: हग रटल्जको नेतृत्वमा गएको चौथो आरोहण दल खराब मौसमका कारण फर्कियो ।
    • सन् १९३८ – संयुक्त अधिराज्य: एच. डब्लु. टिलमनको नेतृत्वमा भएको पाचौं आरोहण कार्य खराब मौसमको कारणले स्थगित गरियो ।
    • सन् १९५० – संयुक्त अधिराज्य: एच. डब्लु. टिलमन र चार्लस हुस्टनले खुम्बु हिमनदीको निरीक्षण गरे ।
    • सन् १९५१ – संयुक्त अधिराज्य: ई. शिपटनले शिखरमा जाने दक्षिण बाटोको निरीक्षण गरे ।
    • सन् १९५२ – स्वीजरल्याण्ड: ई. वाईस डुनन्टको नेतृत्वको प्रथम आरोहण कार्य वषरा अघिको मौषममा सम्पन्न भयो । रेमण्ड लम्बर्ट र तेन्जीङ्ग नोर्गे २८,२०० फिट -८,६०० मिटर उचाईमा पुगे ।
    • सन् १९५३ – संयुक्त अधिराज्य: कर्नेल जोहन हन्टको नेतृत्वमा आरोहण दलका  एडमण्ड हिलारी र तेन्जीङ्ग नोर्गे मे २९ को दिन सगरमाथाको शिरमा पुगे ।

Comments