आगामि शुक्रबार देखि कुवेतमा सुरु हुने अण्डर नाईण्टिन एसिसी प्रिमियर ट्रफि क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलिको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले राजु रिजाल कप्तान र आरिफ शेख उपकप्तान रहेको टिम आज घोषणा गरेको हो । टिममा ईर्साद अहमद, आशिष धामी, शंकर राना, प्रेम तामाङ्ग, सौरभ खनाल, सन्दिप सुनार, योगेन्द्र कार्की, सुशील क“डेल, सुनिल धमला, दिपेश श्रेष्ठ, दिपेन्द्र ऐरी र अर्जुन चापागाईं छन् । निरज मुखिया, हेमन राई, कुशल भुर्तेल र राजवीर सिंह भने बैकल्पिकमा रहेका छन् ।

६ वटा देश सहभागी हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले शुक्रबार मलेसियासँग खेल्ने छ । यस्तै कात्तिक २३ गते आइतबार साउदी अरेवियासँग खेल्ने नेपालले कात्तिक २४ गते कुवेतसँग, २६ गते युएईसँग र कात्तिक २८ गते अफगानिस्तानसँग खेल्ने छ ।

Comments

comments